धरान: कुटपिटबाट घाइते भएकी धरान १३ मा डेरा  गरि बस्ने उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा महिला सञ्जाल धरानले सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराएको छ । 

धरानमा महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्थाकोरुपमा रहेको महिला सञ्जालले ईलाका प्रहरी, इलाका प्रशासन र उपमहानगरपालिकामा न्यायिक समिति प्रमुख तथा उपमेयर अइन्द्रबिक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाएको हो । घटना दुःखद् भएको भन्दै सञ्जालले यथाशिघ्र सत्यतथ्य छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ । 

साथै, घटनाको भत्र्सना गर्दै मृतक र मृतक परिवारलाई न्याय दिलाउन पनि सञ्जालले माग गरेको छ । सञ्जालले मानवअधिकार आयोग विराटनगर, राष्ट्रिय महिला आयोग काठमाण्डांै र नेपाल पत्रकार महासंघ सुनसरीलाई पनि बोधार्थ पठाएको जनाएको छ । उपमेयर बेघाले घटनामा संलग्नहरुको पहिचान गरेर कारबाही हुनुपर्ने भन्दै जघन्य अपराधको घटनालाई राजनीतिकरण गर्न नहुने र आफुले पनि मृतक परिवारलाई न्याय दिलाउन भुमिका खेल्ने बताए । 

ईलाका प्रशासन कार्यालय धरानका अधिकृत लोकमान श्रेष्ठले घटनालाई प्रहरी प्रशासनले गम्भीरतापुर्वक अनुसन्धान भइरहेको बताए । उनले दोषीलाई कानुन वमोजिम कारबाही हुने पनि बताए । 

भिडियो: