धरान: १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा धरानका २ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ ।

धरान उपमहानगरपालिकाको प्रांगणमा सोमबार स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा जनही नगद २५ सय र सम्मान पत्रसहित २ जनालाई सम्मान गरिएको हो । सम्मानित स्वयमसेविकाहरुमा वडा नं १३ की मञ्जु गिरी र वडा ११ की अञ्जना थापा मगर रहेकी छिन् । स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । प्रमुख अतिथि मेयर हर्क साम्पाङ र बिशेष अतिथि उपमेयर अइन्द्रबिक्रम बेघाले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

health

कार्यक्रममा स्वयमसेविकाहरुलाई २ दशकभन्दा बढी समयदेखि स्वयमसेविका भएर योगदान गरेपनि उचित सेवा, सुविधा उपलब्ध नभएको गुनासो पोखेका थिए । प्रदेश सरकार, स्थानीय सरकार र वडा कसैले पनि आफुहरुको जिम्मा नलिएको भन्दै उनीहरुले फिल्डमा खटिएको बेला दैनिक भत्ता ४ सय मात्र पाइरहेको गुनासो पोखे । उनीहरुले कम्तीमा दशैंमा ५ हजार मात्र भएपनि भत्ता पाउनुपर्ने, मृत्युको बेला किरिया खर्च हुनुपर्ने, विरामी भएको बेला उपचार खर्च लगायत सुविधा पाउनुपर्ने माग पनि राखेका थिए । मेयर साम्पाङ र उपमेयर बेघाले गुनासो जायज भएको धारणा राख्दै समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए । 

भिडियो: