धरान: यहि मंसिर २२ गतेदेखि सुरु हुन लागेको हिसान बास्केटवलमा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ ।

     आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागी टिम सार्वजनिक गरेको हो । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो ।

      प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प्लस टु रेगुलर विद्यार्थीहरुले मात्र आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। सहभागी विद्यालयहरुमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमि, सियोन स्कुल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आर्दश महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आर्दश इटहरी, सुष्मा मावि इटहरी, पुर्वाञ्चल मावि तरहराले सहभागिता जनाएको छ ।

  हिसान स्पोर्टस मिट २०७९ अन्तर्गत बास्केटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुनेछ। स्पोर्टस मिट अन्तर्गत चेस र वक्तित्वकला सकिएको छ भने बास्केटवल, भलिवल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, फुटवल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन भने बाँकी छ । बास्केटवल प्रतियोगिता मंसिर २२ देखि २४ गतेसम्म हुनेछ ।