धरान: धरान उपमहानगरपालिकाले वडा नं २० स्थित वीपी तथा ओशो पार्क आसपासमा सञ्चालित खाजा पसल ५ दिनभित्र हटाउन सुचना जारी गरेको छ । 

उपमहानगरपालिकाको नगर प्रहरीहरुले बुधबार दिउँसो उक्त क्षेत्रको टहराहरु खाली गर्न भन्दै सुचना टाँसेका थिए । मेयर हर्क साम्पाङले त्यसक्षेत्रका खाजा पसलहरुलाई व्यवस्थित बनाउने योजना अघि सारेका थिए । उपमहानगरपालिका आफैले ट्रष्टको व्यवस्थित पसल बनाएर अहिले व्यापार गरिरहेकाहरुलाई नै पुनः व्यापार गर्न दिने मेयर साम्पाङले बताउदै आएका छन् । व्यवस्थित पसल बनाइदिन वडा नं २० कार्यालयमा छलफल गरि एक समिति पनि गठन भइसकेको छ ।

भिडियो:

स्थानीय व्यापारीहरु पनि उपमहानगरले व्यवस्थित पसल बनाइदिने र उनीहरुलाई नै व्यापार गर्न दिने आश्वासनले ढुक्क छन् । तर, बुधबार टहरा हटाउनु भन्दै टाँसिएको सुचनाको व्यहोराले भने उनीहरु सशंकित भएका छन् । उक्त सुचनामा भनिएको छ, ‘सार्वजनिक प्रति जग्गाहरु अतिक्रमण गरि घर टहरा बनाउनु नियम कानुन विपरीत हुने भएकोले बिना इजाजत निषेधित क्षेत्रमा बनाइएका टहराहरु र घेराबारा ५ दिनभित्र आफै हटाई लैजान सरोकारवालाहरुलाई सुचित गरिन्छ ।’

सुचनामा टहरा हटाउन मात्र भनेको तर कहिलेसम्म नयाँ ट्रष्ट हालेको व्यवस्थित पसल बनाउने भन्ने उल्लेख नभएको भन्दै व्यापारीहरु सशंकित छन् । उनीहरुले यसबिषयमा बिहिबार मेयर साम्पाङलाई भेट्ने पनि योजना बनाएका छन् । आफुहरु टहरा हटाउन राजी भएको तर नयाँ व्यवस्थित बनाइदिने वचत पुरा हुनुपर्ने उनीहरुको भनाई छ । सुचना टाँस्न ओशो पार्क पुगेका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले नयाँ बनाउन पुरानो संरचना हटाउनु पर्ने भएकोले ५ दिनको समय दिएर हटाउन भनिएको बताए । 

osho-notice