धरान: झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो दोश्रो उदयपुर खाना परिकार मेला तथा १ न.प्रदेश स्तरिय प्रतियोगितात्मक लाखे नाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ ।

प्रतियोगितामा विजेता बनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १ रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो ।प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल भएको छ । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको छ । त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गर्दै ५१ हजार पुरस्कार हात पारेको छ ।

lakhe-nach1

प्रतियोगिता नेवाः देय् दबू झुम्का, सुनसरी र झींगु नेवाः पुचः उपशाखा बोक्से, उदयपुरले सान्तवना पुरस्कार हात पारेका छ । सान्तवना पुरस्कार नगद ११ हजार १ रुपैया रहेको छ । प्रतियोगितामा संखुवासभा,सुनसरी,मोरङ,झापा, इलाम, खोटाङ,ओखलढुङा उदयपुर गरी १२ समूह सहभागी रहेका थिए ।