धरान: दुई दिने खुकुरी एमेच्योर खुल्ला गल्फ प्रतियोगिता धरान गल्फ क्लबमा भइरहेको छ ।
धरान गल्फ क्लबको आयोजनामा हिजो शुक्रबारदेखि २ दिने गल्फ प्रतियोगिता भइरहेको हो । खुकुरी रमको मुख्य प्रायोजनमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा सहभागी हुन देशभरका एमेच्योर गल्फ खेलाडीहरु धरान आएका छन् ।
आयोजकका अनुसार कुल ८६ जना खेलाडीहरु प्रतियोगितामा सहभागी छन् । यो अहिलेसम्मकै नेपालकै धेरै खेलाडीहरु सहभागी भएको एमेच्योर प्रतियोगिता भएको धरानका अग्रज प्रोफेस्नल खेलाडी देवराज पाख्रिनले जानकारी दिए ।
प्रतियोगितामा धरानसँगै काठमाण्डौं, पोखरा, मुस्ताङ, सिलगुडीबाट पनि सहभागी रहेको प्रोफेस्नल खेलाडी सविन सापकोटाले जानकारी दिए । प्रायः १ दिने एमेच्योर गल्फ प्रतियोगिता हुने गरेकोमा २ दिने प्रतियोगिता आयोजना हुनु धेरै महत्वपुर्ण भएको पनि उनले बताए ।
स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा धेरै खेलाडीहरु सहभागी भएपछि पहिलो दिन पहिलो चरणको १८ होलको खेल नसकिए पछि आज बिहान मात्र बाँकी खेल सकिएको थियो । पहिलो चरणको खेल सकिएपछि कट आउट हुदै मात्र ६३ जना खेलाडीहरु फाइनलको लागि छनौट भएको सापकोटाले जानकारी दिए । अहिले फाइनल खेल भइरहेको छ । विजेता खेलाडीहरुलाई आजै पुरस्कार वितरण गरिने पनि आयोजकले जानकारी दिएको छ ।
भिडियो: