धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता बर्षेनी आयोजना हुने भएको छ । 

धरान गल्फ कोर्षमा शनिबार सम्पन्न भएको दुई दिने प्रतियोगिताको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले बर्षेनी आयोजना गर्ने घोषणा गरेका हुन् । उनले भने,‘आज यो समारोहमा घोषणा गर्दछुँ कि खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता हामी बर्षेनी आयोजनाको प्रायोजन गर्नेछौं ।’ उनको यो घोषणाले गल्फ खेलाडीहरु खुशी भएका छन् । ‘यो धेरै नै खुशीको कुरा हो । गल्फ खेलको विकास र खेलाडी उत्पादनमा धेरै महत्व हुनेछ,’ प्रोफेस्नल गल्फ खेलाडी सविन सापकोटाले भने ।

खुकुरी रमको मुख्य प्रायोजन रहेको दुई दिने खुकुरी एमेच्योर खुल्ला गल्फ प्रतियोगिता शनिबार सकिएको छ । पहिलो पटक खुकुरी रमले प्रायोजन गरेको यो प्रतियोगितामा कुल ८६ जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा अहिलेसम्मकै धेरै एमेच्योर खेलाडीहरु सहभागी भएको आयोजक धरान गल्फ क्लबले जनाएको छ । क्लबका अध्यक्ष वीरेन्द्र लिम्बुका अनुसार काठमाण्डौं, पोखरा, मुस्ताङ, भारतको सिलगुडी र युकेबाट पनि विदा मिलाएर प्रतियोगितामा भाग लिन आएका थिए । दुई दिने प्रतियोगितामा युवराज भुजेल, कवि थापा, आदित्य प्रताप सिंह र सिद्धान्त सापकोटा प्रथम भएका छन् । प्रथम हुदै उनीहरुले कुल ८० हजार राशीको भौचर र ट्रफी पाएका छन् ।

भिडियो:

युवराज ० देखि ६ ह्याण्डीक्याप समुहबाट १३९ स्कोर गर्दै प्रथम भएका थिए भने कविले ७ देखि १२ ह्याण्डीक्याप समुहमा १३० स्कोर गर्दै प्रथम भएका थिए । यस्तै, आदित्य प्रताप १३ देखि १८ ह्याण्डीक्याप समुहमा १२२ स्कोर गर्दै र सिद्धान्तले १९ ह्याण्डीक्याप माथिको समुहमा १२० स्कोर गर्दै प्रथम भएका थिए । 

यसैगरि, प्रतियोगितामा काजी राई, सन्तोष कार्की, एसपी भिम दाहाल र नोर्किन पाख्रिन दोस्रो भएका थिए । काजी ० देखि ६ ह्याण्डीक्याप समुहमा १४१ स्कोर, सन्तोषले ७ देखि १२ ह्याण्डीक्याप समुहमा १३४ स्कोर, भिमले १३ देखि १८ ह्याण्डीक्याप समुहमा १३० र नोर्किनले १९ ह्याडीक्याप माथिको समुहमा १२२ स्कोर गर्दै दोस्रो भएका थिए । उनीहरुले ६० हजारको भौचरसहित ट्रफी हात पारे । 

golf1

यस्तै, प्रतियोगितामा गजेन्द्र लिम्बु, भरत तामाङ, सुयेष प्याकुरेल र प्रविनसिं ठकुरी तेस्रो भएका थिए । गजेन्द्रले १४१, भरतले १३५, सुयेषले १३४ र प्रविनले १३५ स्कोर गरेका थिए । उनीहरुले ४० हजारको गिफ्ट भौचरसहित ट्रफी हात पारे ।

प्रतियोगितामा १३६ स्कोर गरेका जीवन लिम्बुले सिनियर विजेता भए । प्रतियोगितामा कुल ६ बर्डी खेलेका युवराज भुजेलले मोष्ट बर्डिजको पुरस्कार पनि जिते । होल नं १७ मा प्रदिप केसीले लङ्गेष्ट ड्राइभको पुरस्कार जिते भने १८ औं होलमा रविन राईले क्लोजेट टु दि पिनको पुरस्कार जिते । किरण लिम्बुले होल इन वानको पुरस्कार जिते । 

golf2

दुई दिने प्रतियोगितामा ८६ जना खेलाडी सहभागी भएकोमा १८ होलको खेल सकिएपछि कटआउट गरि दोस्रो दिन फाइनलमा ६३ जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा ० देखि ६ ह्याण्डीक्याप, ७ देखि १२, १३ देखि १८ ह्याण्डीक्याप र १९ ह्याण्डीक्यापदेखि माथि गरि ४ क्याटोगोरीमा खेलाडीहरु विभाजन गरि खेलाइएको थियो । प्रत्येक क्याटोगोरीमा पहिलो हुने ४ जना, दोस्रो हुने ४ जना र तेस्रो हुने ४ जना क्रमशः पहिलो, दोस्रो र तेस्रो विजेता घोषित भएका थिए ।

golf8

golf7

golf5

golf6

golf4

golf3