धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
माओवादी केन्द्र, राप्रपा र जसपा समेतको समर्थनमा बहुमतसहित दाबी पेश भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वमोजिम कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीको सपथ ग्रहण भोली हुने भएको छ । कुल ९३ सदस्यीय प्रदेशसभामा कार्कीको पक्षमा ६० जना सांसद पुगेको छ । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद छन् ।