धरान ः किराती समुदायको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगितामा धरान मेघा अल स्टार टिम विजेता भएको छ । 

शनिबार सम्पन्न फाइनलमा विर्तामोड टिम झापालाई १३ ३ को फराकिलो अन्तरले हराउदै धरान मेघा विजेता भएको हो । धरान बास्केटवल संघको आयोजनामा भएको प्रतियोगिताको विजेता धरान मेघाले नगद ७ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता विर्तामोडले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

yale1

विजेता र उपविजेता टिमका खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि एवं किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राईलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित हुदै धरान मेघाकी डा.आशा राईले ट्रफीसँगै नगद १ हजार ५ सय पुरस्कार पाइन् ।

पुरस्कार वितरण पछि बास्केटवल प्रशिक्षक, खेलाडीहरुले ढोल झ्याम्टा बजाउदै साकेला नाचेर यलेदोङको शुभकामना आदनप्रदान पनि गरेका थिए ।  प्रतियोगितामा इलाम, झापा, मोरङ टिमसंगै धरानका विभिन्न स्कुल तथा कलेजको गरी कुल १८ टिम सहभागी भएको थियो । हिजो पहिला दिनमा नै सेमीफाइनलसम्मको खेल सम्पन्न गरेर आज फाइनल आयोजना गरिएको थियो । 

yale8

yale4

yale2

yale6

yale7