धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप शनिबारदेखि धरानमा शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ५ विजयी भएको छ । साजन लिम्बुले २ गोल गरेपछि गत सँस्करणको उपविजेता वडा नं १३ लाई २–० ले हराउदै वडा ५ दोस्रो चरणमा प्रवेश गरेको छ । साजनले पहिलो हाफको १८ औं र दोस्रो हाफको २९ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच घोषित हुदै उनले नगद १५ सय र मेडल पनि थापे ।

wada

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले गरेका थिए । माघ १४ गते फाइनल हुने प्रतियोगितामा धरानको २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार नगद पाउनेछ ।

यस्तै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र उनका बुबा ध्यानबहादुर राईले विजेता र उपविजेता टिमलाई थप २५/२५ हजार नगद पुरस्कार थपिदिने उपाध्यक्ष सतिस केसीले जानकारी दिए । २१ औं सँस्करणदेखि वडाअध्यक्ष राई र उनका बुबाले विजेता र उपविजेतालाई नगद पुरस्कार थपिदिने गरेको पनि उपाध्यक्ष केसीले जानकारी दिए ।

godhuli-wada-5

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार, हाई स्कोररले नगद ७ हजार ५ सय पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट र फाइनलको म्यान अफ दि म्याचले नगद ५ हजार ५ सय पाउनेछन् । प्रतियोगितामा कुल १५ लाख १३ हजार ३६५ रुपैया खर्च हुने अनुमान गरिएको पनि क्लबले जनाएको छ । प्रतियोगितालाई टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ भने सहप्रयोजन धरान १७ समाज हङकङ, वडा नं १७ कार्यालय र सेन्ट जोसेफ ई.बोडिङ स्कुलले गरेको छ ।

भिडियो:

 godhuli-manoj

godhuli 1

wada-go