धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धराको वडा १२ र वडा १९ विजयी भएको छ ।
धरान १६ स्थित रंगशालामा सोमबार भएको पहिलो खेलमा वडा ८ लाई हराउदै वडा १२ विजयी भएको छ भने दोस्रो खेलमा वडा ९ लाई हराउदै वडा १९ विजयी भएको छ । पहिलो खेलमा वडा १२ ले वडा ८ लाई ४–२ गोल अन्तरले हरायो । धरान–१२ का हरि खवासले ह्याट्रिक गरे ।
वडा ८ का सबिन मगरले खेलको चौथो मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा वडा १२ का मनिष मगरले गोल गर्दै खेल बराबरीमा बनाए । दोस्रो हाफको तेस्रो मिनेट, १० मिनेट र ४८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । थप समयमा वडा ८ का सविन मगरले गोल गर्दै खेल ४–२ बनाए । खेलको म्यान अफ द म्याच १२ नं. वडाका हरि खवास घोषित भए ।
दोस्रो खेलमा वडा १९ ले वडा ९ लाई १–० को झिनो गोलअन्तरले हरायो । वडा १९ का सुचन रम्तेलले ३४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । मंगलबारको पहिलो खेल दिउँसो १ बजे वडा १८ र वडा १ बीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे वडा १० र वडा १६ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।