धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धरानको वडा नं १४ ले ले जित हासिल गरेको छ ।
धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आइतबार वडा १४ ले वडा २ लाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । वडा १४ का सरोज राईले ह्याट्रिकसहित ४ गोल गरेका थिए । यस्तै, विवेश राई र सौगात गुरुङले एक/एक गोल गरे भने एक गोल वडा २ का विवश मगरले आत्मघाती गरेका थिए । वडा २ का केशव राईले गरेको गोल सान्त्वनामा सिमित भयो ।
२१ औं सँस्करणको च्याम्पियन रहेको वडा १४ यो पटक पनि उपाधिको दाबेदार टोली हो । एक्लैले ४ गोल गरेका वडा १४ का सरोज राई खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो । भोली सोमबारको पहिलो खेल दिउँसो १ बजे वडा १२ र वडा ८ बिच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे वडा ९ र वडा १९ बीच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।
तस्बिर स्रोत: गणेश फोटोग्राफी पेज