धरान: धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको ११ कक्षा देखि स्नातकसम्मको वार्षिक खेलकुद कार्यक्रम मंगलवारदेखि सुरु भएको छ ।

धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवारदेखि चेस खेलबाट खेलकुद कार्यक्रम उद्घाटन भएको छ । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । खेलकुद कार्यक्रममा चेस संगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।

विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापको समेत आवश्यक रहेको हुनाले शिक्षा र अतिरिक्त क्रियाकलापलाई कलेजले महत्वका साथ संगसंगै अघि बढाउने अध्यक्ष लिम्वुले बताए । कलेजले अतिरिक्त क्रियाकलाप र अध्ययनमा उत्कृष्ट करिव एक सय विद्यार्थीहरुलाई छात्रवृत प्रदान गरि अध्यपन गराइ रहेको समेत उनले बताए ।

    कलेजमा ११ कक्षा देखि स्नातकसम्म एक हजार विद्यार्थीले अध्ययन गरिरहेको छ । इच्छुक विद्यार्थीहरुलाई खेलकुद कार्यक्रममा सहभागिताका लागि एकहप्ता अघि देखि खुला गरिएको थियो । करिव चार सय विद्यार्थीले सहभागिता जनाउने अध्यक्ष लिम्वुले बताए ।प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमिक डाइरेक्टर घिमिरेले जानकारी दिए ।