धरान: यही माघ २० गते रिलिज हुन लागेको नेपाली चलचित्र ह्यारी की प्यारीको प्रचारमा धरान आइपुगेका निर्माण तथा कलाकारहरुको टोली बिहिबार बिहानै श्रम सँस्कृति पार्कमा पुगे । 

निशाने दोभानमा बिहान ८ बजे हाँस्य कलाकार मुन्द्रे अर्थात जितु नेपाल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय वरालसँगै फिल्म ह्यारी की प्यारीका निर्देशक डा.कपिल रिजाल, फिल्मका लेखक तथा कार्यकारी निर्माता सुदिप वराल पनि पुगे । उनीहरुसँगै नेपाल वायु सेवाका क्याप्टेन तथा कलाकार विजय लामा, चर्चित मोडल एलिशा राई र निर्देशक मिलन चाम्स पनि पुगे । क्याप्टेन लामा, मोडल राई र निर्देशक चाम्स भने सुनसरीको झुम्कामा आयोजित आदिबासी चलचित्र महोत्सवमा सहभागी हुन आएका थिए। 

harka-&-hyari-ki-pyari1

कलाकारहरुले मेयर साम्पाङको कामको प्रशंसा मात्र गरेनन्, प्रकृति संरक्षणको अभियानमा समर्थन जनाउदै एक सय वटा रुद्राक्षको विरुवा हस्तान्तरण पनि गरेका थिए । मेयर साम्पाङको कामलाई सम्मान गर्दै विरुवा दिएको कार्यकारी निर्माता वरालले बताए । निर्देशक रिजालले भर्खर रोपिएको विरुवाहरु बषौंसम्म रहने भएकोले मेयरको कामलाई समर्थन जनाउदै विरुवा उपहार दिइएको बताए । 

कलाकारहरुको टोलीले नेपाली चलचित्रलाई माया गर्न आग्रह गर्दै माघ २० गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्म हेरिदिन पनि आह्वान गरेका थिए । फिल्ममा जितु नेपाल ह्यारी र साम्राज्ञी प्यारीको भुमिकामा छन् । क्याप्टेन विजय लामा, निर्देशक मिलन चाम्स, नायिका साम्राज्ञीले पनि संक्षिप्त मन्तव्य व्यक्त गर्दै फिल्म राम्रो बनेकोले हेरिदिन आम दर्शकहरुलाई आग्रह गरेका थिए ।

harka-&-hyari-ki-pyari3

मेयर साम्पाङले श्रमदानबाट भएको कामहरुको जानकारी दिदै समाज निर्माण, विकासमा जनताको सहभागिता र स्वास्थ्यलाई फाइदा भइरहेको पनि बताए । साथै उनले फिल्म ह्यारी की प्याराी सन्देशमुलक र राम्रो बनेको अपेक्षा व्यक्त गर्दै उनले पनि नेपाली फिल्मलाई माया गर्नुपर्ने भन्दै हलमा गएर हेरिदिन आग्रह गरेका थिए । 

भिडियो:

harka-&-hyari-ki-pyari2

harka-&-hyari-ki-pyari4