धरान: धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ । 

आज बिहानै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो संख्यामा सुरक्षा दिएर अवैधरुपमा बनेको उक्त घर भत्काइएको हो । उपमहानगरपालिकाले २ पटक घर नबनाउने र बनेको संरचना भत्काउने सुचना दिएपनि अटेर गरेपछि आज बिहान डोजरले भत्काइएको हो । त्यसक्रममा केहीबेर स्थानीय र प्रहरीको झडप पनि भएको थियो । 

स्थानीयको ढुंगामुढाले डोजरको शिशा फुटेको छ । घर भत्काउने डोजर आउदैछ भन्ने खबर पाएका स्थानीय बिहानैदेखि उक्त घर वरीपरी भेला भएर बसेका थिए । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बुसमेत उक्त घर भत्काउन नहुने भन्दै प्रतिवाद गर्न आएका थिए । पहिलादेखि नै चर्चेको जग्गामा घर बनाएको भन्दै उनले मेयर हर्क साम्पाङ फिल्डमा आएर स्थानीयसँग छलफल गर्नुपर्ने माग गरेका थिए । साथै, उनले पहिला खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए ।

adheri-ghar

घरधनी मुना चौधरी लिम्बुले वडा नं ५ को कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन् । तर उनको रिटमा अदालतले अन्तरिम आदेश भने दिएन । उक्त घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष सन्तोष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए । 

गएको स्थानीय चुनावमा पुनः वडाअध्यक्षमा उठेका उनी पराजित भएपछि घर बनाउन लगाएको आरोप उनलाई छ । उनले भने यो आरोपको खण्डन गर्दे घरबार केही नभएको परिवारले पहिलादेखि नै चर्चेको जग्गामा घर बनाएको र आफुले बनाउन नलगाएको बताए । वडा ५ को अधिकांश ८० प्रतिशत घर सार्वजनिक जग्गामा बनेको भन्दै उनले एउटा मात्र घर भत्काउन नपाइने बताए । साथै, उनले मेयर साम्पाङले पत्रकार सम्मेलन गर्दै जथाभावी बोलेकोप्रति पनि आक्रोश व्यक्त गर्दै संयमित भएर जनताको घरमा आएर पहिला समस्याबारे छलफल गर्नुपर्ने बताए । 

भिडियो:

adheri-ghar4

adheri-ghar5

adheri-ghar6

adheri-ghar7

adheri-ghar8

adheri-ghar10

adheri-ghar11

adheri-ghar12