धरान: धरान उपमहानगरपालिकाको आइतबार नगरसभा हुदैछ । 

उक्त नगरसभामा आर्थिक बर्ष २०७८/०८० को बजेट तथा कार्यक्रम संशोधन एजेण्डा कार्यपालिका बैठकले पारित गरेको छ । आज बिहान ८ बजे बसेको कार्यपालिका बैठकले नगर कार्यालय तथा वडा कार्यालयहरुको कार्यक्रमहरुमा बजेट तथा स्रोतहरु संशोधन गर्न बिषयगत समितिहरु र बजेट तथा कार्यक्रम तर्जुमा समितिको सिफारिश अनुसार संशोधन प्रस्ताव पारित भएको हो । 

भिडियो: हिजो (शुक्रबार) पनि बसेको कार्यापालिका बैठकमा वडाअध्यक्षहरु र बिषयगत समितिहरुले आफुहरुसँग छलफल नगरि बजेट संशोधन प्रस्ताव ल्याएको भन्दै असन्तुष्टी प्रकट गरेका थिए । लामो छलफल हुँदा पनि वडाअध्यक्षहरु सहमत नभएपछि अन्य एजेण्डा पारित गर्दै बजेट संशोधनको एजेण्डा भने आज पुनः कार्यपालिका बैठक बस्ने गरि स्थगित गरिएको थियो । हिजो साँझ नै बिषयगत समितिहरुमा छलफल गरि बजेट संशोधनमा सहमति जुटेको कारण आजको बैठकमा पारित भएको हो ।

यस्तो छ रकमान्तर भएको बजेट :

buject

buget