धरान: धरानको वडा नं २० माछामारामा हावाबाट उर्जा (विजुली) उत्पादन गरिएको छ । 

वडा कार्यालय परिसरमा विन्ड टर्वाइन राखेर प्रोटोटाइप (नमुना) उर्जा उत्पादन गरिएको हो । उक्त प्रोजेक्टको आज (आइतबार) मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । प्रोजेक्ट सम्पन्न गर्न मेयर साम्पाङले तर्कबहादुर मगरलाई मेनेजरकोरुपमा जिम्मेवारी दिएका थिए । प्रोजेक्ट मेनेजर मगरका अनुसार ३ लाख ६२ हजार लागतमा निर्माण सम्पन्न भएको हो । 

wind3

हाल २ सय वाट विजुली उत्पादन गरिएको छ । त्यसबाट हाल ५ वटा बत्ति बालिएको पनि उनले बताए । अझै ७ वटासम्म राख्न सकिनेछ । मेयर साम्पाङले खुशी व्यक्त गर्दै अहिले नमुनाकोरुपमा मात्र उत्पादन गरिएको बताए । उनले भविष्यमा कन्याटार डाँडाबाट ठुलो योजना बनाएर अझै धेरै विजुली उत्पादन गर्नसके आत्मनिर्भर हुने बताए । आफुले बोलेको कुरा पुरा गर्ने पनि उनले बताए । वडाअध्यक्ष पदम लिम्बुले वडा कार्यालयमै स्वास्थ्य चौकी पनि रहेको र बेला बेला विजुली जादा समस्या हुने गरेकोमा अब राहत मिल्ने बताए । 

भिडियो:

wind