धरान: धरानको वडा नं १५ स्थित सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माण शुरु भएको छ । 

हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त स्थानमा ट्यांकी र फिल्टर ट्यांक निर्माण शुरु भएको हो । उक्त स्थानमा शनिबार मेयर हर्क साम्पाङ र सपोर्ट कमिटी युकेका सहसंयोजक प्रेम लिम्बुले शिलान्यास गरेका छन् । गोर्खा वेल्फेयर ट्रष्टको प्राविधिक सहयोगमा निर्माण शुरु भएको रिजर्ब ट्यांक ७५ हजार लिटर क्षमताको हुनेछ । यो ट्यांकीमा भालुखोलाबाट ल्याइएको पानी रिजर्ब गर्ने गरि निर्माण गरिन लागेको हो । 

कुल ४३ लाख लगात अनुमान गरिएको रिजर्ब ट्यांक निर्माणको लागी हर्क साम्पाङ सपोर्ट कमिटीले ३० लाख सहयोग गर्ने भएको छ । अन्य रकम श्रमदान तथा निर्माण सामग्रीको सहयोग हुने अपेक्षा गरिएको वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बुले जानकारी दिए । उनका अनुुसार ३० लाख २३ हजार ६३४ रुपैया सहयोग सपोर्ट कमिटीबाट हुनेछ । तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

seuti-bagar

मेयर साम्पाङले सरकारको बजेटबाट मात्र विकास सम्भव नभएकोले श्रमदानको अभियान शुरुवात गरिएको बताए । पकुवा खोला, आपगाछी खर्दुमा पनि काम भइरहेको उनले जानकारी दिए । हर्क साम्पाङ सपोर्ट कमिटीका सहसंयोजक लिम्बुले धरानमा श्रमदानबाट धेरै काम भइरहेकोमा खुशी व्यक्त गर्दै धरानबासीहरुलाई पिउने पानीमा धेरै राहत पुग्ने अपेक्षा राखे । 

भिडियो: