धरान: ११ औं धरान १० कि.मी.नेवा च्यारिटी रन २०७९ शनिबार भव्यरुपमा सम्पन्न भएको छ । 
धरानको भानुचोकमा आयोजित दौड प्रतियोगितामा खुला पुरुषतर्फ भारतीय सेनामा कार्यरत पाँचथरका दिपक सुहाङ प्रथम र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् ।
दिपकले निर्धारित १० किलोमिटरको दृुरी ३२ मिनेट ५ सेकेण्डमा पुरा गर्दै विजेता बने । पुरुषतर्फ दोस्रो भएका त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३२ मिनेट २४ सेकेण्डमा दौड पुरा गरे । केन्याली धावक सिमेन किप्लागतले ३३ मिनेट १३ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भए । महिलातर्फ विजेता राजपुराले ३७ मिनेट ३६ सेकेण्डमा दौड पुरा गरेकी थिइन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले ४० मिनेट २८ सेकेण्डमाम दुरी पार गर्दै दोस्रो भइन् भने एपिएफकी आशा राउतले ४२ मिनेट २७ सेकेण्डमा दौड पार गर्दै तेस्रो भइन् । महिला र पुरुष खुलातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकाहरुलाई क्रमशः ट्रफीसँगै नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार हात पारे ।

यस्तै, १६ बर्ष मुनिको दौडमा पुरुषतर्फ कविन राई प्रथम, करण लिम्बु दोस्रो र अनिष लिम्बु तेस्रो भए भने महिलातर्फ नानी तामाङ प्रथम, कुसुम राई दोस्रो र सुना सिद्धिकी तेस्रो भइन् । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाए । भेट्रानतर्फ पुरुषमा धर्म महर्जन प्रथम, निमेश क्षेत्री दोस्रो र पाण्डव महतो तेस्रो भए । भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, श्रीलामा भुटिया दोस्रो र शर्मिला राई तेस्रो भइन् । उनीहरुले पनि नगद ७ हजार, ५ हजार र ३ हजार थापे ।
ह्विलचियर रेसका विजेताहरुलाई पनि पुरस्कार विरतण गरिएको थियो भने सुपर भेट्रानतर्फका विजेता कृष्ण तामाङलाई उपहार दिइएको थियो । विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई, प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, अभिनेता दयाहाङ राई, बिबिसि मास्टर सेफ विजेता सन्तोष साहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ३ हजार भन्दा बढीले दौडिएका थिए । दौड अघि ब्रिटिश बिग्रेड गोर्खा ब्याण्डले प्रस्तुती दिएको थियो ।
भिडियो:
                    
		
                                        
                                                                                                
                    
		


		
		
		
		



