धरान: करिब ७ महिना अघि मात्र धरान आएका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालको सरुवा भएको छ ।
रिजालको प्रदेश नं १ बको नीति तथा योजना आयोगमा सरुवा भएको हो । उनलाई सोमबार कार्यपालिका बैठकमा विदाई गरिएको थियो । सहसचिव रिजाल गत साउन १८ गते धरान आएका थिए । पछिल्लो समय रिजालप्रति उपप्रमुख अइन्द्रबिक्रम बेघा र केही वडाअध्यक्षहरु असन्तुष्ट थिए । उनको चाडै सरुवा हुनुमा यही कारण रहेको पनि बताइन्छ । धरानमा मृतका भट्टराई प्रमुख प्रशासकीय अधिकृतकोरुपमा आउने भएका छन् ।
रिजालले भने अपेक्षा वमोजिम नै आफ्नो सरुवा भएको प्रतिक्रिया दिए । आफु धरान आउदा बराह सहकारी पीडितहरुले आन्दोलन गर्दा मेयरको कार्यकक्ष तोडफोड भएर असामान्य अवस्था थियो भने वडाअध्यक्ष र मेयरबीच पनि तिक्ततापुर्ण सम्बन्ध रहेको थियो । आफ्नो निरन्तरको पहलमा अहिले जनप्रतिनिधिहरुबीच सम्बन्ध सुमधुर बनेको भन्दै आफ्नो उपलब्धी भएको पनि उनले बताए ।
भिडियो: