धरान: नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएका छन् ।
सञ्चार क्षेत्रको पनि लामो अनुभव रहेका श्रेष्ठ समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उनको मात्र उमेद्वारी परेको थियो । उनी यसअघि संस्थापक उपाध्यक्ष पनि थिए । श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत साथ दिदै पहल पनि गरेका थिए ।
अन्य १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ती मध्ये ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए ।निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, सुरेन्द्र स्थापित, हिमाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, विद्या शाक्य,मन्जुला श्रेष्ठ, विष्णु श्रेष्ठ ९सुन्दरी०मोहन श्रेष्ठ,हरीकृष्ण श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शरदरत्न पार्थिवले जानकारी दिएका छन् ।
निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो जाति समुदायको भाषिक, सास्कृतिक राजनीतिक अधिकारको पक्षमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कुनै पनि संस्था वा संगठन एक्लैले संचालन गर्न नसकिने वताउने संस्थालाई चलाएमान वनाउनको लागि टिमको महत्वपूर्ण भूमिका हुने भएकोेले सवैको सहयोग लिएर संस्थालाई अघि वढाउने वताए । संस्थाले यसअघि गरेका कामहरुलाई संस्थागत गर्दै नया योजनाका साथ अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।
निर्वाचित सदस्यहरु मध्येबाट एक महिला उपाध्यक्ष, २ पुरुष उपाध्यक्ष, १ महासचिव र १ सचिव र १ कोषाध्यक्ष चयन गर्ने व्यवस्था विधानमा रहेको रहेको छ । निर्वाचित कार्यसमितिले १० जना मनोनित गरी २१ जनाको कार्यसमिति रहनेछ । निर्वाचित कार्यसमितिको पदस्थापना चैत ४ गते हुने भएको छ ।