धरानः केन्द्रीय प्रबिधि क्याम्पस स्थापनाको ५० औ बर्षको अवसरमा जारी 'गोल्डेन जुब्ली स्पोर्ट्स मिट-२०७९'  अन्तर्गत फुटबलको आज सेमीफाइनल खेल हुदैछ । 

हिजो बिहिबार भएको क्वाटरफाइनल खेलमा टिम टिचर एन्ड स्टाफ बिजयी भएपछि सेमीफाइनल समिकरण पुरा भएको छ । टिचर एन्ड स्टाफ टिमले टिम सिएसआइटिलाई ४-३ गोलले पराजित गरेको थियो। उक्त खेलको पहिलो हाफमा सिएसआइटिले २ गोल गरेता पनि अग्रतालाई कायम राख्न नसके पछि दोश्रो हाफमा टिचर एन्ड कर्मचारी टिमले सुन्दर कमब्याक गरेको थियो ।

टिचर एन्ड स्टाफ टिमले ४ वटै गोल दोश्रो हाफमा गरेको थियो । आज पहिलो सेमिफाइनल खेल दिउँसो २ बजे र दोश्रो सेमिफाइनल खेल दिउसो ३ः ३० बजे बाट हुने विद्यार्थी कल्याण प्रमुख उप प्राध्यापक मनोज खनालले जानकारी दिए । आज सेमीफाइनलमा टिचर एण्ड स्टाफ टिमविरुद्ध टिम फिजिक्सको भिड्दैछ भने टिम माइक्रोबायोलोजी र टिम बिआइटी पनि सेमीफाइनलमा भिड्दैछन् । 

hatisar1

यसैगरि, हिजो नै भएको बास्केटबलको ३ वटा खेलहरु सम्पन्न भएको छ। पहिलो खेल टिम ८०८५ का बिरुद्ध टिम खाद्य प्रबिधि विजयी भएको थियो। सो खेलमा टिम ८०८५ ले खाद्य प्रबिधि बिरुद्ध  ३५-२५ अंक जोड्दै बिजयको यात्रा सुनिनिश्चत गरेको थियो। दोश्रो खेलमा टिम माइक्रोबायोलोजि छात्रा टिमले टिम न्युट्रीसन छात्रा टिमलाई २३-० अंकले पाखा लगाएको छ। अर्को खेलमा टिम माइक्रोबायोलोजी छात्र टिमलाई टिम जियोलोलीले ३५-२५ अंक जोड्दै पाखा लगाएको थियो । बास्केटबल खेलको क्वाटरफाइनल समीकरण आजबाट सुरु हुने विद्यार्थी कल्याण प्रमुख खनालले बताए ।