धरान: पुर्वमन्त्रीसमेत रहेका राप्रपाका सांसद बिक्रम पाण्डे निर्माण कम्पनी कालिका कन्ट्रक्सनको मालिक पनि हुन् । उनी राजनीतिज्ञकोरुपमा भन्दा पनि ठेकेदारकोरुपमा बढी चिनिन्छन् । 

नेपालमा थुप्रै ठुला निर्माण कार्य तथा सडक आयोजनाहरु यो कम्पनीले ठेक्का पाउने गरेको छ । तर, निर्माण कार्य समयमा पुरा नगर्ने, म्याद थपिमात्र रहने जस्ता गैरजिम्मेवार कार्यले पाण्डे र उनको कम्पनी वदनाम पनि छ । अझ उनी राजनीतिमा प्रवेश गरेपछि सांसद मात्र भएनन्, नेपाल सरकारका मन्त्री पनि भइसकेका छन् । हालै मात्र उनी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा शहरी विकास मन्त्री नै थिए । त्यसबेला स्वार्थ बाझिने मन्त्रालय पाण्डेलाई दिएको भन्दै ठेकेदार नै सहरी विकास मन्त्री भएको भन्दै उनी र उनको पार्टी राप्रपाको चर्को आलोचना भएको थियो ।

मन्त्री पाण्डे र उनको कम्पनी किन वदनाम छ भन्ने उदाहरण उदयपुरको वेलका नगरपालिकास्थित मैनामनी र भोजपुरको हतुवागढीस्थित चुहार जोड्न दुधकोशी नदीमाथि निर्माणाधिन मोटरेवल पुल हेरे पुग्छ । यो पुल दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर २०७७ असोज २१ गते ठेक्का सम्झौता गरिएको थियो । पुल २०७९ कार्तिक ४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि पुलको ठेक्का पुर्वमन्त्री पाण्डेको कालिका र प्यासिफिकले मिलेर कालिका प्यासिफिक जेभिले पारेको थियो । यो पुलको लागी भ्याटसहित २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाको ठेक्का सम्झौता भएको थियो ।

sudan kirati chuhar

दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको पुल तेस्रो बर्षमा पनि पुरा भएको छैन । उदयपुर र भोजपुरतर्फ पिलरको फाउण्डेशन उठाएर पुल अलपत्र पारेर ठेकेदार कम्पनी गायब छ । एक बर्षको म्याद थप भएको पनि आधा बर्ष बित्न लाग्यो, काम शुरु भएको छैन । यही फागुन १० गते निर्देशनालयले ठेकेदार कम्पनीलाई बोलाएपछि प्रतिनिधिले १७ देखि काम शुरु गर्ने प्रतिवद्धता जनाएको थियो । काम सुचारु भएको छैन । 

आइतबार भोजपुरबाट निवार्चित सांसद एवं सँस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्री सुदन किराती, प्रदेश सांसद विनोद बान्तवा, हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीलगायत स्थलगत अनुगमनमा पुगेका थिए । यातायात पुर्वाधार निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण, इञ्जिनियर लक्ष्मीप्रसाद सापकोटा पनि थिए ।

chuhar bridge

पुल निर्माणको काम शुरु नभएपछि मन्त्री किरातीले ठेकेदार तथा पुर्वमन्त्री पाण्डेलाई फोन गरेर तत्काल काम थाल्न आग्रह गरेका छन् । उनले काठमाण्डांै फर्किएपछि पाण्डेलाई भेटेर निर्माण कार्य थाल्न पहल गर्ने भन्दै स्थानीयबासी र प्रदेश सांसदले पनि निरन्तर पहल गर्नुपर्ने बताए । उनले निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्णलाई तत्काल कम्पनीलाई पत्राचार गर्न पनि निर्देशन दिएका थिए । कर्णले पनि कम्पनीलाई पत्राचार गर्ने र निर्माण शुरुवात गर्न पहल गर्ने बताए । हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीले कृषकहरुको उब्जनी बजारसम्म पुर्याउन नसक्दा कुहिएर खेर गइरहेकोले पुल अतिआवश्यक भएको बताइन् । उनले सम्बन्धित कार्यालयले गम्भीरतापुर्वक लिएर पुल निर्माण गराउन पनि आग्रह गरिन् । 

भिडियो:

भिडियो: