धरानः विश्वकर्मा कल्याण सेवा समिति धरान ८ समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् ।
शुक्रबार धरान ८ स्थित परिवार सेवा समाजको हलमा सम्पन्न पहिलो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहन गहतराज, सचिवमा मिना गजमेर, सह सचिव सोनिया लोहनी  र कोषाध्यक्षामा सम्झना घिमिरे चयन भएका हुन् । कार्यसमितिको सदस्यहरूमा खेमराज बराईली, राज कुमार गजमेर, तारा ल्वागुन र पन्चकन्या खाती चयन भएका छन् । 
कार्यक्रममा कोषाध्यक्ष रेणुका विश्वकर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । सचिव बलिन्द्र बराइलीले सङ्गठानिक प्रतिवेदन पेश गरेका थिए । हेम सिलवालको अध्यक्षमा सम्पन्न अधिवेशनमा आर्थिक प्रतिवेदन र सङ्गठानिक प्रतिवेदन बहुमतले पारित भएको थियो । अधिवेशनमा केन्द्रीय समितिका अध्यक्ष लालबहादुर सेन्चुरी, सल्लाहकार लिला शङ्करलगायतको उपस्थिति रहेको थियो ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



