धरान: आज २ बजेको लागी बोलाइएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडाअध्यक्षहरु उपस्थित नहुने भएका छन् ।

कार्यपालिका बैठकमा सहभागी हुने कि नहुने भन्ने बारे एमाले, कांग्रेस र माओवादी केन्द्रका संसदीय दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले ५ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहेको बताए । उनले भने, ‘५ बुँदे माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी छ । आजको बैठकमा हामी उपस्थित जनाउदैनौं ।’

आज बिहान बैठकबारे एमाले र कांग्रेसबाट निवार्चित वडाअधयक्षहरुको छुट्टाछुट्टै बैठक बसेको थियो । त्यसपछि एमाले संसदीय दलका नेता नरेश इवारम, कांग्रेस संसदीय दलका नेता प्रविण राई र माओवादीका नेता सुर्यबहादुर भट्टराईको बैठक भएको थियो । मेयर साम्पाङसँग यसअघि भएको छलफलमा बैठक बोलाउनुअघि पुनः समन्वय र छलफल गर्ने आश्वासन दिएपनि विना समन्वय बैठक बोलाएको साथै आफुहरुको मागको सम्बोधन नभएकोले बैठकमा सहभागी नहुने निर्णय उनीहरुले गरेका थिए ।

गत चैत १ गते भएको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरि स्थगित भएको थियो । मेयरका स्वकीय सचिव सुर्दशन लिम्बु*ले वडाअध्यक्षहरुलाई पठाएको पत्रको बिषयमा अध्यक्षहरुले कुरा उठाएपछि बैठक अघि बढ्न सकेको थिएन । बैठक एजेण्डामा प्रवेश नगरेपछि मेयर साम्पाङले स्थगित गरेका थिए । लगत्तै वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै विभिन्न ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका थिए । 

wada2