धरान: धरान उपमहानगरपालिकाले राखेको सिमा प्रारम्भ बोर्डलाई राष्ट्रिय युवा संघ इटहरीले हटाएकोप्रति योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) धरानले गम्भीर आपत्ति जनाएको छ । 

वाइसिएल धरानका अध्यक्ष दिपक तामाङले विज्ञप्ती जारी गर्दै अराजकढंगले बोर्ड हटाउनु गम्भीर र आपत्तिजनक भएको उल्लेख गरेका छन् । साथै, दुई स्थानीय तहबीचको सिमाना विवाद सम्बन्धित स्थानीय तहबीचको संवाद, समन्वय र छलफलबाट कानुन वमोजिम खोजिनुपर्ने पनि वाइसिएलले धारणा व्यक्त गरेको छ । ‘दुई स्थानीय तहका सरकार प्रमुख बीच जिम्मेवार ढंगले प्रस्तुत भई समस्या समाधान गर्न हार्दिक हपिल गर्दछौं,’विज्ञप्तीमा भनिएको छ ।

ycl-press