धरान: विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बुधबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरुले मेयर हर्क साम्पाङ र पत्रकारहरुको आलोचना गरेका छन् ।

धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा आयोजित कार्यक्रममा वक्ताकारुपमा रहेका नेताहरुले मेयर साम्पाङले प्रेस स्वतन्त्रताविरुद्ध अभिव्यक्ति दिइरहे पनि पत्रकारहरुले त्यसविरुद्ध आवाज उठाउन नसकेको टिप्पणी गरे । उनीहरुले केही पत्रकारहरुले मेयर साम्पाङको पक्षमा एकोहोरो सुचना सम्प्रेषण गरेर भ्रम छरेको पनि आरोप लगाए । 

press1

मेयर साम्पाङले विधि, प्रक्रिया मिचेर गरिरहेको गलत कामहरुलाई पनि पत्रकारहरुले बाहिर ल्याउन नसकेको नेताहरुको आरोप थियो । मेयर साम्पाङको गलत कामहरुबारे मौनता साधेका पत्रकारहरुलाई नै प्रश्न सोध्दा कुन पार्टीको पत्रकार, झोले पत्रकार भनेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी व्यवहार र अभिव्यक्ति दिदा पनि पत्रकारहरुले विरोध गर्न नसकेको उनीहरुको भनाई थियो । 

पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, नेकपा एमालेका उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका चोत्लुङ, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बुले बोलेका थिए । 

भिडियो: