धरान: किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले कोशी बहुपहिचान वा सभ्यता नभै एकल जातिय पहिचान भएको बताएका छन् ।
यायोक्खा धरान उपमहानगर कमिटीले शनिबार भानुचोकमा आयोजना गरेको साकेला उभौली शुभकामना आदानप्रदान तथा सिली प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दे राईले यस्तो बताएका हुन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको वृहत नेपाली शब्दकोषको उद्दरण दिदै भने,‘यो शब्दकोषको पृष्ठ नम्बर २५४ मा कोशी भनेको कौशिक ऋषिकाृ वंश परम्परा वा गोत्र हो भनेर पहिलो लाइनमा नै लेखिएको छ । त्यसकारण कोशी एउटा गोत्र बिशेषको नाम हो । एकल जातिय पहिचान हो, यसको विरोध गर्न चाहन्छौं ।’
यसैगरि, नेपालमा सप्तकोशी नदी मात्र भएको र कोशी सिमा पारि भारतमा मात्र भनिने गरेकोले १ नम्बर प्रदेशको नाम भारतीय आयातित नभए भएको पनि उनले बताए । ‘नेपालमा सप्तकोशी भनिन्छ, कोशी नेपालको बोडेर पारि मात्र भनिन्छ । भारतमा बगेको कोशी नदीको नाममा १ नम्बर प्रदेशको नाम राखियो । भारतीय आयातित नाम हो कोशी,’उनले भने ।
सविधानको कार्यान्वयन र राज्यको नयाँ संरचनामा तीन तहको सरकार बनेपछि राजनैनिक दलले आफ्ना कार्यकर्ताहरुलाई भर्ति केन्द्र बनाउने, कार्यकर्तालाई व्यवस्थापन गर्ने काम भएको तर मुलुकको सबै जातजातिको अस्तित्वको संरक्षण,संबोधन नभएको उनले बताए । ‘त्यसकारण आज हाम्रो चाड मनाउने क्रममा रमाउनुपर्ने त्रसमयमा आन्दोलन गरिररहेका छौं, असहमतिका कुरा गरिरहेका छौं,’उनले भने ।
'लाजेहाङलाई सहिद घोषण गर्दा नै कोशी नाम खारेज भयो'
संविधानसभा सदस्य किरण राईले आन्दोलनको क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ)लाई सरकारले सहिद घोषणा गर्दा नै कोशी प्रदेश नाम खारेज भएको बताए । कोशी नाम खारेजीको आन्दोलनमा निधन भएका लोजहाङलाई सरकारले सहिद घोषणा गर्दा सैद्धान्तिकरुपमा राज्यले कोशी खारेज गरिसकेको उनले दाबी गरे ।
लोजहाङलाई सहिद घोषणा गरेर सरकारले आफ्नो गल्ती आत्मालोचना पनि गरेको र कोशी नाम खारेज गरेको उनको भनाई थियो । पहिलो संविधानसभा सदस्य राईले पहिलो संविधानसभा विघटन भएदेखि नै नेपालको राजनीतिक व्यवस्थामा षडयन्त्र भइरहेको पनि बताए । पहिलो संविधानसभा विघटन हुनुको परिणामको लामो एउटा नजिर एवं एउटा अंशकोरुपमा अहिले १ नम्बर प्रदेशको नाम कोशी राखिएको उनले बताए ।
भिडियो: