धरान: धरानको वडा नं १७ मा हिजो (सोमबार) भएको घटनाले उग्ररुप लिदा धरान अशान्त बनेको छ । 

वडा कार्यालयमा टोल विकास संस्था (टिएलओ)हरुको बैठकमा प्रवेश गरि भिडियो खिचेको र सम्झाउदा पनि नमान्दा हुलहुज्जत, अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका थिए । उनीहरु निर्दोष भएकोले छोड्नुपर्ने माग गर्दै मेयर हर्क साम्पाङ पक्षको रहेको छ भने कानुनी कारबाही गर्नुपर्ने अडानमा वडा १७ का जनप्रतिनिधिहरुको छ । यही बिषयले उग्ररुप लिदा अहिले मेयर साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताहरुबीच भिडन्त हुने स्थिति बनेको छ । 

police1 copy

ईलाका प्रहरी कार्यालय परिसरमा मेयर साम्पाङ र दलका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे छ । ठुलो संख्यामा राजनीतिक दलका कार्यकर्ताहरुको उपस्थिति भएपछि मेयर साम्पाङका समर्थकहरु अहिले देखिएको छैन । स्थिति बिग्रने अवस्थामा पुगेपछि धरानका राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु पनि प्रहरी कार्यालय पुगेका छन् । 

भिडियो: