धरान: भ्रष्टचारले मुलुकलाई खोक्रो बनाएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग गर्दै धरानमा प्रर्दशन भएको छ । 

धरानका नागरिक अगुवाहरुको टोलीले मंगलबार साँझ भानुचोकमा प्लेकार्डसहित प्रर्दशन गरेको हो । नेपालमा भ्रष्टचारको प्रकरण बाहिरिए पनि कारबाही हुने बेला सेलाउने गरेको कारण यसपाली त्यस्तो नहोस् भनेर दबाब दिन सडकमा उत्रिएको नागरिक अगुवा डा.राजेन्द्र शर्माले बताए । उलने भने,‘विगतमा पनि भ्रष्टचारको मुद्दाहरु उठ्ने र सेलाउने काम भयो । हाम्रो दबाब के हो भने तपाईहरु सबैको छानबिन गर्नुस्, जो भ्रष्ट छन् तिनीहरुलाई कडा कारबाही होस् ।’

anti corruption

भ्रष्टचारविरुद्धको अभियान देशव्यापीरुपमा निरन्तर हुने पनि उनले बताए । यो अभियानमा नागरिक अगुवाहरु, मानवअधिकारवादीहरु, अन्य संघसंस्थाहरु सबैलाई गोलवन्द गर्दै मेचीमहाकाली पुर्याउने उनले बताए । अर्का नागरिक अगुवा महेश श्रेष्ठले भ्रष्टचारीहरु कसैलाई पनि नछोडियोस् भन्ने मागसहित अभिायन शुरु गरिएको बताए । उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा उच्च ओहादाका पत्ता लाग्दैछ, राजनीतिक संरक्षण, सत्ताको संरक्षणमा दबाब परेर नसमात्ने हो कि जस्तो छ । तर हामी प्रहरीले पक्राउ गर्न खुट्टा नकमाउन् भनेर नैतिक समर्थन गर्न सडकमा उत्रिएका छौं । भ्रष्टचारको विरुद्ध लागेका सबैलाई यो अभियानमा जुटौं, भ्रष्टचारीलाई कारबाही गराउन दबाब सृर्जना गरौं ।’