धरान: किरात राई जातिको चाड साकेला उभौली शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा भव्यरुपमा विधिवत समापन भएको छ । 

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी कार्यक्रम गर्दै यसबर्षको उभौली समापन गरेको हो । यायोक्खाले यसबर्ष उभौलीलाई साँस्कृतिक आन्दोलनकोरुपमा मनाउने उद्घोष गरेको थियो । प्रदेशसभाबाट १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि पहिचान विरोधी उक्त नाम खारेजीको आन्दोलनमा यायोक्खा पनि समाहित छ । सोही अनुसार साकेला उभौली मनाउदै गर्दा यायोक्खाले कोशी प्रदेश खारेजी र पहिचन, सभ्यताको आधारमा किरात प्रदेश नामकरणको आवाज उठाएको थियो ।

शनिबार भव्यरुपमा साकेला उभौली समापन कार्यक्रममा पनि कोशी प्रदेश खारेजीको माग जोडदाररुपमा उठेको थियो । सहभागीहरुले कोशी प्रदेश नाम खारेजीको मागलाई प्ले कार्डमार्फत राखेका थिए भने अतिथि वक्ताहरुले पनि कोशी प्रदेश नाम खारेज गर्नुपर्ने माग जोडदाररुपमा उठाए । 

तस्बिरहरु: विकास चाम्लिङ

sakela

sakela1

sakela5

sakela10

sakela2

sakela3

sakela9

sakela6

sakela7

sakela8

sakela12

sakela15

sakela14

sakela16