धरान: हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण गरिएको धन्यवाद खानेपानी ट्यांकीको शुक्रबार उद्घाटन गरिएको छ । 

धरान १५ स्थित सेउती खोला किनारमा निर्माण गरिएको ट्यांकीको मेयर साम्पाङले उद्घाटन गरेका हुन् । यो ट्यांकी कुल ५३ लाख ८३ हजार १६२ रुपैया लागतमा निर्माण सम्पन्न भएको हो । त्यसमध्ये हर्क साम्पाङ सपोर्ट कमिटीबाट ३१ लाख ३९ हजार ६३४ रुपैया सहयोग भएको हो भने उपमहानगरपालिकाबाट ६ लाख ६० हजार लगानी भएको हो । यसैगरि, ११ लाख ७३ हजार ५२७ रुपैया बराबर श्रमदान भएको छ भने ४ लाख १० हजार बराबर फेन्सिङ पनि श्रमदानबाट नै भएको छ । 

dhanyabad tanki1

प्रोजेक्ट मेनेजर कृष्ण सुब्बाका अनुसार शुरुमा ७५ हजार लिटरको ट्यांकी बनाउने योजना बनाएपनि पछि क्षमता बढाएर १ लाख २३ हजार लिटरको बनेको छ । बर्षामा आउने धमिलो पानीलाई छान्नको लागि ६ वटा फिल्टर बनाएको पनि उनले बताए । ट्याांकी उद्घाटन समारोहमा १ लाख भन्दा बढी सहयोग गर्ने दातालाई ताम्रपत्र र ५० हजार बढी सहयोग गर्नेलाई कदर पत्र पनि प्रदान गरिएको थियो । गोर्खा वेल्फेयर अफिस धरानका प्रमुख पुर्ण लिम्बुका अनुसार हर्क साम्पाङ सपोर्ट कमिटीले निशाने ट्यांकी, धन्यवाद ट्यांकी र कोकाहा प्रोजेक्टलाईसमेत गरि १ करोड भन्दा बढी सहयोग गरिसकेको छ ।

dhanyabad tanki2

मेयर साम्पाङले जंगलको पम्प चलाउदा एक महिनाको विजुली विल ५३ लाखसम्म आइरहेको जानकारी दिदै उक्त खर्च बचाउन सहतको पानी संकलन गर्ने अभियान थालिएको बताए । हर्क साम्पाङ सपोर्ट कमिटीले निशाने ट्यांकी, धन्यवाद ट्यांकीमा सहयोग गरेको र कोकाहा आयोजनालाई पनि २३ लाखब बराबर सहयोग गरेकोमा मेयर साम्पाङले धन्यावाद दिए । उनले आफ्नो चुनावी एजेण्डा नै खानेपानी मुद्दा भएकोले आफु त्यसैमा बढी केन्द्रीत भएको पनि बताए । 

भिडियो: