धरान: पहिचानको लागि युवा सुनसरीले धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगर्न ध्यानाकर्षण गराएको छ । 

पहिचानको लागि युवाले शुक्रबार नगर प्रमुख राईलाई कार्यकक्षमा भेटेरै कोशी लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गराएको हो । यस्तै, उक्त टोलीले प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई पनि भेटेर ध्यानाकर्षण गराएको थियो ।

कोशी प्रदेश नाम विरुद्ध आफुहरुको आन्दोलन जारी रहेको जानकारी पनि गराएको पहिचानका लागि युवा सुनसरीका संयोजक राजु के राईले बताए । आफुहरुको आग्रहलाई नगर प्रमुख राईले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको पनि उनले बताए । 

koshi letter1