धरान: हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले शनिबार सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरेको छ । 

स्कुलका निर्देशक गंगाराम राईका अनुसार सिरिस, मसला,अमला, इपिल जातका डेढ सय बढी विरुवा रोपिएको थियो । विद्यार्थीहरुसँगै विद्यालयका शिक्षक, शिक्षिकाहरु सहभागी भएको पनि उनले जानकारी दिए । विद्यार्थीहरुलाई सामाजिकीकरण गराउन र बोटविरुवाको विषयमा जानकारी दिनको लागि वृक्षारोपण गरिएको उनले बताए । विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाएको पनि उनले बताए । 

वृक्षारोपणमा कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी विद्यालयहरुलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धन्यवाद दिएका थिए । मेयर साम्पाङले विभिन्न विद्यालयहरुलाई वृक्षारोपणमा सहभागी हुन आह्वान गरेका थिए । 

hibiscus1