धरान: एस.ई.ई.स्पिकर २०८० सिजन ३ मा भरोल बाल मन्दिर बराहक्षेत्र नडाहाकी एन्जिला कार्की विजेता बनेकी छिन् । 

र्याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको कार्यक्रमको शनिबार सम्पन्न फाइनलमा कार्की विजेता भएकी हुन् । यस्तै, फष्ट रनर अप शारदा बालिका नमुना मावि धरानकी अनुस्का राई भइन् भने सेकेण्ड रनर अप सरस्वति मावि पानमाराकी स्नेहा निरौला र थर्ड रनर अप चन्द्र संस्कृत मावि धरानका सागर दाहाल भए ।

बिजेताले नगद २० हजारसँगै प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति हात पारिन् भने फष्ट रनर अपले नगद १५ हजार, प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति पाइन् । यस्तै, सेकेण्ड रनर अपले नगद १० हजारसँगै प्लस टु अध्ययनका लागि ६० प्रतिशग छात्रवृत्ति र थर्ड रनर अपले नगद ५ हजार, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन्। 

see speaker1

धरान १३ वडा कार्यालयस्थित वडा बाल सन्जालको भवनमा आयोजित कार्यक्रममा विजेताहरुलाई प्रमुख अतिथि एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथि एवं मन्त्री राईले यस किसिमका कार्यक्रमले बिद्यार्थीहरुले फल्ने फुल्ने अवसर पाउने बताउदै भबिष्यका कर्णधारलाई मलजल गर्दै अघि बढाउनु सबैको दायित्व भएको बताए । एसईई परिक्षा दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुमा अन्तरनिहित क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संंस्थाका अध्यक्षता तिर्थ कार्कीले जानकारी दिए । 

See speaker2

कार्यक्रमको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति माबिका अङ्ग्रेजी शिक्षक टंक भट्टराई रहेका थिए । कार्यक्रममा धरान १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, वडा न १३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले, शान्ति अभियन्ता राम लिम्बु, सुनाखरी एकेडेमिका प्रिन्सिपल मिलन राई लगायतको उपस्थिति रहेको थियो ।

जेठ ६ गते भएको पहिलो अडिसनमा सुनसरी भरिका बिभिन्न बिद्यालयका ५७ बिद्यार्थी सहभागी भएका थिए । जेठ ११ गते दोश्रो चरण र जेठ २० गते भएको सेमिफाईनलबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका थिए । एसईई स्पिकर सिजन १ को बिजेता चन्द्र संस्कृत माबि धरानका दिपेन भण्डारी र सिजन २ का बिजेता बराहक्षेत्रस्थित हिमालयन बोर्डिङ स्कुल चतराकी एङ्लिसा थापा भएकी थिइन् ।