धरान: संयुक्त ग्रील, स्टील, आल्मोनियम उद्योग व्यवसायी संघ, धरानको अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

शनिबार धरान ३ स्थित धरान जेसीजको सभाहलमा आयोजित शिविरमा जेष्ठ नागरिक लगायत ११३ जनाले आँखा परिक्षण गरेका थिए । शिविर सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा सम्पन्न भएका हो । जाँच गरिएको विरामी मध्ये १३ जनामा मोतिया विन्दु भएको, १९ जनाले चस्मा लगाउनु पर्ने, पुन चेक जाँच गर्नुपर्ने ३५ जना र कमजोर दृष्टी भएका २५ जना भेटिएको सूर्य आइ कियर धरानका वरिष्ठ आँखा रोग विशषज्ञ डा इच्छा जोशी सोनीले बताईन ।

सामान्यतया ४० वर्ष माथिकाहरुमा आँखाको समस्या देखिनु स्वभाविक भएकाले छ/छ महिनामा आँखा जाँच गर्नु पर्दछ । त्यसमा पनि ग्रील, स्टील र आल्मुनियम उद्योगमा काम गर्ने मजदुरहरुले आँखाको लागि धेरै नै सचेत भएर काम गर्नु पर्ने डाक्टर सोनीले बताईन ।  

eye2

कार्यक्रम संघका अध्यक्ष उदय कुमार राईको अध्यक्षतामा र संघका केन्द्रिय सदस्य राजकुमार राईको प्रमुख अतिथ्यतामा भएको थियो ।शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रिय सदस्य राज कुमार राईलाई सम्मान समेत गरिएको थियो । साथै, प्रविधिक सहयोगी सूर्य आई कियरका वरिष्ठ आँखा रोग विशषज्ञ डा. ईच्छा जोशी सोनी र धरान जेसीजलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । समाजको अध्यक्ष राईले आफ्ना व्यवसायमा काम गर्ने मजदुरहरुलाई लक्षित गरेर शिविर संचालन गरेपनि टोलबासी र धरानका विभिन्न वडाबाट आएका आँखा रोगीहरुले लाभ लिएकामा खुशी व्यक्त गरेका थिए ।

eye

प्रमुख अतिथि एवं संघका केन्द्रिय सदस्य राईले संघले गरेका कार्यहरुको जानकारी गराउदै आँखा अर्थात दृष्टी दान गर्नु जीवन दान गर्नु जतिकै पुण्य हुने बताए । व्यवसायी र मजदुर एक अर्कामा नङ्ग र मासुको सम्बन्ध हुने जानकारी गराउँदै व्यवसायीले मजदुरहरुका लागि शिविर आयोजना गरी उनिहरुको आँखा जाँच गरिएकोमा खुशी व्यक्त गरेका थिए ।

शिविर आयोजना गर्न सहजीकरण गरेका सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु वरालले आफु उद्योगी व्यवसायीहरुको लागि काम गरिरहेको र संघसँग आफ्नो नजिकको सम्बन्ध भएकाले अन्य आवश्यक सहयोग पनि गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै, आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । आवश्यक अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको थियो ।