धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै वदर गरेपछि मुख्यमन्त्रीमा कार्की नियुक्त भएका हुन् । सर्वोच्चले ४८ घण्टाभित्र संसदको दोस्रो ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा सपथ खुवाउन पमारदेश जारी गरेपछि कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई आजै (शुक्रबार) प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ दिलाएका छन् । खापुङले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ पनि दिलाएका छन्। 

पद तथा गोपनीयताको सपथ लिएसँगै मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद पनि विस्तार गरेका छन् । उनले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन्। उर्जा मन्त्रीमा तिलकुमार मेन्याङ्वो, वन तथा वातावरण मन्त्रीमा पाँचकर्ण राई र भौतिक पुर्वाधार मन्त्रीमा एकराज कार्की नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रीमा सृजना राई नियुक्त भएका छन् ।