धरान: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन कडा सुरक्षाबीच धरानमा सुरु भएको छ ।

स्वागत गेटमा कोशी प्रदेश लेखेको विरोधमा पहिचानवादीहरुले प्रर्दशन गरेपछि कडा सुरक्षा बीच युवा संघको अधिवेशन सुरु भएको हो । संघको प्रथम अधिवेशन धरान ८ स्थित लाङ्घाली वन समुहमा सुरु भएको छ । युवा संघको अधिवशेनको प्रचार सामग्रीमा कोशी प्रदेश लेखिएपछि पहिचान पक्षधरहरुले केही दिनदेखि विरोध गर्दे आएका थिए ।

भिडियो:

उनीहरुले प्रचार सामग्रीबाट कोशी प्रदेश नहटाए ब्यानर, गेट च्यात्ने र विरोध गर्ने चेतावनी दिएपछि केही दिनदेखि पहिचनवादी र एमाले धरानका नेताहरुनिरन्तर छलफलमा थिए । छलफलमा कोशी लेखिएको प्रचार सामग्री, स्वागत गेटहरु चोकहरुमा नराख्ने समझदारी बनेको बताइएको छ । तर, कार्यक्रमस्थल तीनकुनेमा स्वागत गेट राखिए पछि पहिचानवादीहरु पुगेर विरोध प्रर्दशन गरेका थिए । करिब सय जनाको संख्यामा आएका पहिचानवादीहरुले नाराबाजी गरेपनि सुरक्षा घेरा तोड्न नसकेपछि उनीहरुले कोणसभा गरेर फर्किएका थिए ।  

youth1 1

youth4

youth6

youth3

youth5

youth2