धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता भएर असहज परिस्थिति भोगिरहेका अध्यक्ष पंकज नेम्बाङले आफुहरुले राम्रो काम गर्न खोज्दा केही साथीहरुले गलत नजिर बसाइरहेको बताएका छन् ।

बुधबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रेफ्री कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष नेम्बाङले यस्तो बताएका हुन् । यद्यपी आफुहरु जिम्मेवार ठाउँमा भएकोले जिम्मेवार र इमान्दार भएर काम गर्ने पनि बताए । एन्फा एक्लैले फुटबलको विकास गर्न नसक्ने भन्दै नेम्बाङले फुटबलसँग सम्बन्धित सबै पक्ष, जिल्ला, प्रदेश, रेफ्री, प्रशिक्षक, खेलाडीहरु एकजुट हुनुपर्ने पनि नेम्बाङले बताए । उनले आजको आवश्यकता एकता भएको उल्लेख गर्दे एकजुट भएर फुटबलको विकासमा लाग्न पनि आह्वान गरे । आफ्नो कार्यकालमा नेपाली फुटबलको विकासमा केही योगदान गर्ने लक्ष्य राखेको भन्दै उनले त्यसमध्ये एउटा सन् २०२७ देखि २०३१ सम्म नेपाली महिला फुटबल टिमलाई विश्वकप खेल्नसक्ने बनाउने रहेको पनि बताए । 

anfa refree

यसैबीच, कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा रेफ्री कोर्ष क्याटोगोरी ४ धरानमा शुरु भएको छ । तालिममा लक्ष्यभन्दा बढी सहभागी भएपछि २ चरणमा आयोजना गरिने आयोजक संघका महासचिव भगीरथ आले (मामा)ले जानकारी दिए । एक जिल्लाबाट ३ जनाको दरले सहभागिता माग गरेपनि दोब्बर सहभागी भएको उनले बताए । पहिलो चरणमा असोज ३ गतेदेखि ९ गतेसम्म प्रशिक्षण हुनेछ भने दोस्रो चरणमा अर्को समुहलाई ११ गतेदेखि १७ गतेसम्म हुनेछ । एक समुहमा ५२ जना सहभागी हुने पनि उनले बताए । 

anfa refree1

उद्घाटन सत्रलाई संघका प्रदेश अध्यक्ष किसोर राई अब नेपाली फुटबलको विकास जिल्ला जिल्लामा गर्नुपर्ने बताए । उनले प्रदेश संघले ३ करोड ९६ लाखको बजेट र कार्यक्रम बनाएको जानकारी दिदै फुटबल इज बिजनेसको नारा दिएर अघि बढ्ने बताए । रेफ्री तालिमले दक्ष जनशक्ति उत्पादन हुने र जिल्ला जिल्लामा परिचालन गरिने पनि उनले बताए । कार्यक्रमको उद्घाटन सत्रमा उपाध्यक्ष सफल किरातीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भनेसुनसरी जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक राईले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा युकेबाट राजु लिम्बु, अञ्जनकुमार गुरुङले पठाएको रकम निर्मल गुरुङले रेफ्री संघका अध्यक्ष वलिदान राईलाई हस्तान्तरण गरेका थिए । 

भिडियो: