धरान: संसदमा दर्ता भएको शिक्षा विधेयकका केही बुँदाहरुप्रति विरोध जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । 

सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम अन्त्य गरेर विद्यालयमा शिक्षकहरुले पठनपाठन सुचारु गर्ने भएका छन् । सहमतिमा शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था गरिने, मावि तहको बिशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्युनतम पाँच बर्ष सेवा कायम गर्ने उल्लेख छ । 

सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, शिक्षक तथा कर्मचारी सम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने, सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने लगायत सहमति पत्रमा उल्लेख छ ।

यस्तो छ सहमति पत्र: 

agreement

agreement1

agreement2