धरानः खुदी मिसावट गरिएको बेसारलाई धरान उपमहानगरपालिकाले नष्ट गरेको छ । 

धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट वरामद गरिएको कुल १७४८.५ किलोग्राम मिसाटव गरिएको बेसार बिहिबार नष्ट गरिएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाको उपस्थितिमा धरान २० नमुना टोलस्थित साबुन उद्योग निर्माणस्थल परिसरमाम खाल्डो खनेर मिसावट गरेको बेसार नष्ट गरिएको हो । मिल सञ्चालकले तोकिएको जरिवाना २ लाख उपमहानगरपालिकामा राजश्व जम्मा गरेपछि बेसार नष्ट गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । 

besar

अनुगमन टोलीले गत साता असोज २ गते चण्डेश्वरी मिलमा खुदी मिसाएर पिस्न तयारी गरेको बेसार वरामद गरेको थियो । टोलीले तत्काल मिल बन्द गराएको थियो भने खुदी मिसाउदै गरेको १३ बोरा (६२३.५ केजी) वरामद गरेर लगेको थियो । खुदी मिसाएको बिक्री गर्न तयारी अवस्थामा राखिएको थप ४५ बोरा (११२५ केजी) भने मिलमा नै मुचुल्का उठाएर राखिएको थियो । आज ती सबै बेसारलाई एकमुष्ठरुपमा खाल्डोमा नष्ट गरिएको हो । 

भिडियो: