धरान: यातायात व्यवस्थापन गर्न धरान २ स्थित भानुचोकदेखि पुर्वको सडक देशीलाइनलाई वान वे बनाइएको छ । भानुचोकदेखि पुर्वतर्फ कुनै पनि सवारीसाधन जान निषेध छ । लक्ष्मी सडकबाट सिंहदेवी चोक हुदै चिनिया चोक, माछा भौडी भएर मात्र भानुचोक आउन सकिन्छ । 

यो एकतर्फी नियमले देशीलाइनको व्यापार, व्यवसायलाई असर पुगेको भन्दै व्यवसायीहरुले यो सडकमा वान वे नियम हटाउन माग गरेका छन् । देशीलाइन व्यवसायी समितिले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै एकतर्फी बाटोको निर्णय पुनरावलोकन गर्न माग गरेका छन् । एकतर्फी नियम निरन्तर भइरहे व्यापार, व्यवसाय चौपट भएर पलायनको अवस्था सृर्जना हुने भन्दै उनीहरुले एक हप्ताभित्र दुईतर्फी नियम नै कार्यान्वयनमा ल्याउन पनि माग गरेका छन् ।

deshi line road

समितिका अध्यक्ष गंगाप्रसाद राईले विगतमा विकल्प नभएको र वान वे नियमको असर के कति पर्छ भन्ने अनुभव पनि नभएकोले विरोध नगरिएको बताए । अहिले चिनिया चोक हुदै ठुला गाडीहरुलाई सदन स्कुलको बाटोबाट दक्षिणतर्फ लैजान सकिने वा माछा भौडीबाट हालै बनेको सदन रोड भएर लैजान सकिन्छ । साना गाडीलाई भने देशीलाइनमा दुईतर्फी नै आवातजावत गर्न सकिने विकल्प पनि रहेकोले सोही अनुसार निर्णय पुनरावलोकन गर्न माग गरिएको अध्यक्ष राईले बताए । 

ज्ञापन पत्र बुझदै मेयर साम्पाङले एकतर्फी निर्णय पुनरावलोकन हुने प्रष्ट पारे । उनले निर्णय गर्दै फिर्ता गर्दा राम्रो नहुने साथै देशीलाईनमा एकतर्फी भएपछि दुर्घटनाको संख्यामा कमी आएको पनि बताए । व्यवसायीहरुलाई थोरै मार भएपनि बहुमत जनतालाई राहत मिलेको भन्दै मेयर साम्पाङले निर्णय परिवर्तन नहुने बताए । मेयर साम्पाङले एकतर्फी नियमको निर्णय पुनरावलोकन नहुने बताएपछि व्यवसायीहरु असन्तुष्ट भएका छन् । उनीहरुले सुनसरी उद्योग वाणिज्य संघमा पनि ज्ञापन पत्र बुझाउने र निर्णय परिवर्तन नभए सडक बन्द गरेर आन्दोलन गर्ने चेतावनी पनि दिए । 

भिडियो:


भिडियो: