धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलित फ्याकल्टी (शिक्षक चिकित्सक) हरु कुलपति तथा प्रधानमन्त्री र सहकुलपति तथा स्वास्थ्यमन्त्री भेट्न काठमाण्डौं प्रस्थान गरेका छन् । 

शिक्षक कल्याण समाजको नेतृत्वमा ५५ जना शिक्षक चिकित्सकहरु आज बिहान काठमाण्डौं प्रस्थान गरेका हुन् । उनीहरुले भोली सहकुलपति र कुलपतिलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले सहमति गरेपनि कार्यांन्वयन गर्न नसकेको र असक्षमता प्रकट गरेको कारण काठमाण्डौं जानबाध्य बनाएको समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए ।

bp

गत भदौ २४ गते समाजसँग पदाधिकारीहरुले अवरुद्ध भएको बढुवा प्रक्रिया एक महिनाभित्र सुचारु गर्ने सहमति गरेका थिए । तर एक महिना बित्न लाग्दा पनि कुनै पहलकदमी नगरेको कारण पुनः आन्दोलनमा उत्रन बाध्य भएको खानले बताए । असोज २६ गतेभित्र प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले पनि ठोस निष्कर्ष ननिकालेमा प्रतिष्ठानका शिक्षकहरुले सामुहिक राजिनामा दिने भएका छन् ।

प्रतिष्ठानका १५० भन्दा बढी शिक्षकहरुले हस्ताक्षर गरिसकेका छन् । प्रतिष्ठानमा शिक्षकहरुको विगत ७ बर्षदेखि बढुवा प्रक्रिया रोकिएको छ भने कर्मचारीहरुको १५ बर्षदेखि अवरुद्ध छ । शिक्षकहरुको प्रमोशन नहुदा प्रतिष्ठानको विद्यार्थी संख्या र आम्दानी घटिरहेको डा.खानले बताए । पछिल्लो २ बर्षमा ५० जना दक्ष डाक्टरहरुले प्रतिष्ठान छोडिसकेको पनि उनले बताए । 

भिडियो: