धरान: बंगुरको मासुको मुल्य विवादमा आजदेखि धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरेका छन् ।

हिजो नगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको मुल्य ४६० मा समायोजन गर्ने निर्णय गरेको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । उक्त घोषणा वमोजिम मासु व्यवसायीहरु आज बिहानैदेखि मासु पसलहरुको अनुगमन गर्दै बन्द गराएको थियो । बंगुरको मासु पसल बन्द देखिए पनि केही खसीको मासु पसल र अधिकांश कुखुराको मासु पसल भने खुल्ला नै भेटिएको थियो । 

संघले व्यवसायिक हकहितको लागि भन्दै पसल बन्द गर्न आग्रह गर्दा व्यवसायीहरुले बन्द पनि गरेका थिए । तर, धरान ७ स्थित पानवारी स्टेण्डमा रहेको  राम साहीले भने मासु पसल बन्द गर्न मानेनन् । उनले आफुहरुको अलग्गै संघ रहेको र उक्त संघले आग्रह गरेमा मात्र बन्द गर्ने अडान लिए । त्यसक्रममा केहीबेर भनाभन पनि परेको थियो । 

masu lafada1

मासु व्यवसायी संघ धरानका अध्यक्ष मदन तामाङले व्यवसायीहरुलाई गाह्रो भएपनि बाध्य भएर आफुहरु आन्दोलनमा उत्रनुपरेको बताए । उनले कहिलेसम्म पसल बन्द गर्ने भन्ने बिषयमा आज पुनः छलफल गरेर निर्णयमा पुग्ने पनि बताए । बंगुरको मासु व्यवसायीहरुले प्रतिकिलो ४ सयबाट मुल्य बढाएर ५ सय बनाएपछि बजार अनुगमन समितिले छलफलमा बोलाएर ४६० रुपैया तोकेर समायोजन गरेको थियो । त्यसले आफुहरुलाई घाटा हुने भन्दै मासु व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । 

भिडियो: