धरान: स्थानीय सरकार र मासु व्यवसायीबीच बंगुरको मासुको मुल्यमा सहमति नहुदा भोलीदेखि मासु व्यवसायीहरुले सम्पुर्ण माछा मासुको बिक्रीवितरण बन्द गर्ने घोषणा गरेका छन् । 

बंगुरको मासु ४ सय रुपैया प्रतिकिलोबाट एक्कासी ५ सय रुपैया बनाएपछि बजार अनुमगन समितिले मासु व्यवसायीहरुसँग हिजो आइतबार र आज सोमबार छलफल गरेको थियो । दोस्रो दिन आज लामो छलफल भएपछि सहमतिको बिन्दुमा भने पुगेन । बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघाले ४६० रुपैया प्रतिकिलो मुल्य समायोजन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मासु व्यवसायीहरु सहमत भएनन् । 

masu1

मासु व्यवसायीहरुले बंगुर नै प्रतिकिलो ४५० को दरले खरिद गर्नुपरेको भन्दै ४८० भन्दा कम मुल्यमा मासु बेच्न नसक्ने अडान राखेको थियो । यद्यपी, बजार अनुगमन समितिले ४६० रुपैया प्रतिकिलो मुल्य समायोजन गर्ने लिखित निर्णय गरेको थियो । समितिको बैठकले उक्त निर्णय गरेपनि मासु व्यवसायीहरुले अस्वीकार गर्ने भन्दै बैठकबाट बाहिरिएका थिए । 

लगत्तै, धरान मासु व्यवसायी संघले धरान ७ स्थित मुकुम्लुङ होटलमा पत्रकार सम्मेलन गर्दे व्यापारी र किसानलाई मारमा पर्ने गरि एकलौटीरुपमा प्रतिकिलो ४६० रुपैया मुल्य समायोजनको निर्णय भएको भन्दै विरोध जनाएको छ । साथै, व्यवसायीहरुले उक्त निर्णयको विरोधमा भोली मंगलबारदेखि धरान भित्रका सम्पुर्ण मासु र माछा पसलहरु अनिश्चितकालको लागि बन्द गर्ने पनि घोषणा गरेका छन् । संघका अध्यक्ष मदन कुमार तामाङले व्यवसायीहरुमा प्रत्यक्ष घाटा व्यहोर्नुपर्ने भएकोले ४६० मा बेचन नसक्ने बताए । व्यवसायीहरुले आन्दोलनलाई उल्लंघन गरेमा कारबाही गर्ने पनि उनले बताए । 

मासु व्यवसायीहरुले असार अन्तिम साता पनि साउन १ गतेदेखि लागु हुने गरि बंगुरको मासुमा भाउ बढाएर प्रतिकिलो ३६० बाट ४२० बनाएका थिए । त्यो बेला पनि स्थानीय सरकारले हस्तक्षेप गर्दै भाउ ४०० कायम गरेका थिए । तीन महिनामै पुनः व्यवसायीहरुले किलोमा १ सय रुपैया बढाएर ४ सयबाट भाउ ५ सय बनाएपछि उपभोक्ताहरु मारमा परेका छन् । व्यवसायीहरु भने इटहरीमा पनि ५ सय रुपैया प्रतिकिलो मासुको भाउ भएकोले आफुहरुले बढाउनुपर्ने बाध्यता भएको बताउँछन् । इटहरीका व्यवसायीहरु आएर ज्युँउदो बंगुरलाई राम्रो भाउ लगाउने भएकोले धरानका व्यवसायीहरुले बंगुर खरीद गर्न नसक्ने अवस्थामा पुगेकोले भाउ बढाउनुपरेको उनीहरुको भनाई छ ।

भिडियो:

भिडियो:

भिडियो: