धरान हिन्दु धर्मावलम्बीहरुको चाड वडा दशैंको आज (आइतबार) अष्टमी । बिहानैदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा र दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।

दशैंमा शक्तिपिठहरुमा बिशेष पूजाअर्चना हुने गर्छ भने अष्टमीको दिन वली दिइन्छ । आज दन्तकाली शक्तिपिठमा पनि बोका र हासको बलि दिइएको थियो । यस्तै, बुढासुब्बा मन्दिरमा पनि कुखुराको वलि दिइएको थियो । 

भिडियो:

धरान १४ निवासी एवं समाजसेवी प्रेमप्रसाद पराजुलीका अनुसार सप्तमीदेखि मात्र मन्दिरहरुमा भिड लागेको हो । मन्दिरको ढोका बिहान ५ बजे मात्र खोल्ने गरेपछि नौरात्रीमा बिहानै मठमन्दिरमा घुम्न आउने चलनमा यसपाली असर पुगेको उनले बताए । 

budhasubba

budha subba1

dasai budha subba

dasai10

dasai dantakali

dasai11

dasai12

dasai13

dasai14

dasai15