धरान:एम्स एकेडेमीले विद्यार्थी कुटपिट घटनामा माफी मागेको छ । 

एकेडेमीले शनिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै घटना दुःखद हुनपुगेको र विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । साथै, भविष्यमा यस्ता घटना दोहोरि नदिने प्रतिवद्धता पनि विद्यालयले जनाएको छ । एम्सले विज्ञप्तीमा भनेको छ,‘यस विद्यालयको पठनपाठन नियमित सञ्चालन गर्ने क्रममा २०८०/०८/२१ गते जुन दुःखद घटना हुन पुगेको छ, त्यसप्रति विद्यालय क्षमाप्रार्थी छ ।’

घटनामा संलग्न जो कोही दोषी देखिए न्यायिक कारबाही हुनुपर्छ भन्नेमा विद्यालय परिवार कटिवद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख छ । साथै, घटनामा संलग्न शिक्षकहरुलाई तत्काल विद्यालयको कुनै पनि क्रियाकलापमा संलग्न नरहने गरि निलम्बन गरिएको पनि प्रिन्सिपलले जानकारी दिएका छन् । पीडित विद्यार्थीप्रति विद्यालयले सधै सहानुभूतिसँगै गर्नसक्ने यथासक्य उपचार र त्यसपश्चातको उचित शिक्षाको वातावरण बनाउन विद्यालय परिवार सदैव वचनवद्ध रहने पनि उल्लेख छ ।

साथै पीडित विद्यार्थीको शिक्षा, स्वास्थ्य र मनोवैज्ञानिक अवस्थालाई मध्यनजर गरि अभिभावकसँग निरन्तर सम्पर्कमा रहेर उचित परामर्श दिन विद्यालय परिवार सदैव तत्पर रहेको पनि विज्ञप्तीमा उल्लेख छ । ‘आगामी दिनमा यस्ता घटनाहरु दोहोरि नदिनका लागि सम्पुर्ण अभिभावक, विद्यार्थी र शुभचिन्तकप्रति प्रतिवद्धता जाहेर गर्न चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ,‘यस दुःखद् घटनाप्रति संवेदनशील बन्दै आगामी दिनमा सौहार्द वातावरणमा विद्यालयको पठनपाठन गराउने कुरामा पनि विद्यालय परिवार निमग्न रहने जानकारी गराउन चाहन्छौं ।’

aimspress