धरान: नेपाल शैक्षिक परामर्श संघ (इक्यान पुर्वांञ्चल )को नयाँ नेतृत्वका लागि भिम वहादुर लिङ्थेपले उम्मेद्धारी घोषणा गरेका छन् ।

लिङ्थेपले बुधबार नेपाल पत्रकार महासंघ सुनसरीको धरानस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै इक्यानको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले आफ्नो नेतृत्वमा इक्यानलाई व्यवस्थित, पारदर्शीता र व्यावसायिक वनाउने योजना रहेको पनि बताएका छन् ।  इक्यान पुर्वाञ्चलमा हाल प्रकाश लकान्द्री अध्यक्ष छन् । 

इक्यान पुर्वाञ्चलमा हाल २४ सदस्य रहेको र १० जनाको कार्यसमिति रहेको छ ।अहिलेसम्म नेतृत्व चयन सर्वसम्मतरुपमा भइरहकोले यो अधिवेशनबाट पनि सर्वसम्मत रुपमा नेतृत्व चयन हुने अध्यक्ष लकान्द्रीले बताए । उम्मेद्धारी घोषणा कार्यक्रममा इक्यान पुर्व अध्यक्ष रोशन निरौला, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, सुमेधा एजुकेशनका प्रोपाइटर सुरेन्द्र घिमिरे, न्युरल एजुकेशनका प्रोपाइटर जुगल चौधरी लगायतको उपस्थिति रहेको थियो । इक्यानको चौथो अधिवेशन यही पुष ९ गते धरान ७ स्थित गजुर प्यालेसमा हुनेछ। 

तस्वीर: बिकास चाम्लिङ राइ