धरान: चार राजनीतिक दल मिलेर गठन भएको समाजवादी मोर्चा नेपालको धरान उपमहानगर कमिटी पनि घोषणा गरिएको छ । 

चार दलले शनिबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरि मोर्चाको धरान कमिटी घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्वकृषि मन्त्री चक्रपाणी खनाल (वलदेव) को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रत्येक दलबाट २ जना समेटेर मोर्चाको धरान कमिटी घोषणा गरिएको छ । 

मोर्चामा माओवादी केन्द्रबाट संयोजककोरुपमा सम्फर तामाङ र सदस्यमा सर्वजित राई रहेका छन् । यस्तै, जनता समाजवादी पार्टीबाट ताजुब लिम्बु र शम्भु राई पृथक छन् भने एकीकृत समाजवादीको तर्फबाट रेवतीरमण राई र खेम दाहाल, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट मोहन राई र परिता राई मोर्चामा रहेका छन् । 

samajbadi1

घोषणा तथा सन्देश सभालाई सम्बोधन गर्दै माओवादीका केन्द्रीय सचिव खनालले अब नेपालमा राजतन्त्र फर्कन सम्भव नभएको बताए । उनले केही अराजकतावादीहरुले धर्मलाई अतिरञ्जित बनाउने, दुर्गा प्रसाई जस्ता अराजकतावादीहरु आउन खोज्ने र त्यस्तालाई उचालेर केही राजनीतिक दल भन्ने पनि लागेको बताए । ‘तर हामीले घोषणा गर्दा नै हुन्छ, नेपाली जनताले आन्दोलनमार्फत ठेगान लगाएको हुनाले राजतन्त्र फर्कन असम्भव कुरा हो, यो अहिल्यै घोषणा गर्दा पनि हुन्छ,’उनले भने ।