धरान: १२३ औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा प्रधानमन्त्री नआउने भएपछि मेयर हर्क साम्पाङले भनेका थिए, प्रमुख अतिथि विना नै कार्यक्रम उद्घाटन हुन्छ । आज बिहान ११ बजे पब्लिक माविको मैदानबाट वृहत र्याली निस्कनुअघि सुचना चुहियो, काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साह धरान आउदैछन् । 

र्यालीले नगरको परिक्रमा गर्दै पुनः मैदानमा आइसक्दा पनि बालेन साह धरान आउने धेरैलाई थाहै थिएन । बालेन साह आउदैछन् भन्ने चर्चाको बिचमा पनि हल्ला मात्र हो कि वास्तविकता हो भन्ने संशय थियो । किनभने, सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले बालेन साह आउनेबारे सुचना दिएका थिएनन् । मेयर साहको प्रतिक्षाकै कारण उद्घाटन समारोहको औपचारिक कार्यक्रम शुरु हुन ढिलाई भएको थियो ।

balen1

अन्ततः धरानबासीहरुलाई सरप्राइज दिदै मेयर साह १२३ औं धरान उत्सवको उद्घाटन समारोहमा आए । हत्तपत्त सार्वजनिक कार्यक्रमहरुमा नदेखिने काठमाण्डौंका मेयर साह धरान उत्सवमा आउनु रोचक एवं उत्साहजनक रह्यो । उनी आउदा र जादा उनलाई भेट्न खोज्ने, फोटो खिच्न खोज्ने फ्यानहरुलाई सम्हाल्न सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे पर्यो । 

balen2

मेयर साहले धरानका मेयर साम्पाङलाई बिशेष उपमहार मायाको चिनोको रुपमा आकाश भैरवको प्रतिमा दिएका थिए । किरातीहरुले प्रथम राजाकोरुपमा मान्ने यलम्बरलाई काठमाण्डौं उपत्यकामा भने भगवानकोरुप आकाश भैरव मानेर पुजा गर्ने गरेको पनि मेयर साहले जानकारी दिएका थिए । उनलाई धरानकोतर्फबाट भने मेयर साम्पाङले मायाको चिनोकोरुपमा धरान भानुचोक, घण्टाघरको रात्रीकालिन सुन्दर तस्बिर दिएका थिए ।

१०३ बर्षीया ज्येष्ठ नागरिकबाट उद्घाटन 

balen3

धरान डेमा काठमाण्डौंका मेयर बालेन साह आएपनि कार्यक्रम प्रमुख अतिथि विना आयोजना भएको थियो । कार्यक्रमको उद्घाटन धरान ९ बगैचालाइनकी १०३ बर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया कटवालले पानसमा दिप बालेर उद्घाटन गरेकी थिइन् । 

भिडियो:

भिडियो:

भिडियो: